बिहीबार, भदौ ४, २०८३

यस वर्ष पर्वतारोहण अनुमति नदिइने

सरकारले यस वर्षको वसन्त ऋतुमा कसैलाई पनि पर्वतारोहण अनुमति नदिने भएको छ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

सरकारले यस वर्षको वसन्त ऋतुमा कसैलाई पनि पर्वतारोहण अनुमति नदिने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय भएको पर्यटन विभागले जनाएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले यस वर्षको पर्वतारोहण अनुमपतिपत्र रोक्ने निर्णय गरेको हो।

वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो। सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ।

पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट रु. ४९ करोड ६८ लाख सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै रु. ४४ करोड २३ लाख राजश्व उठेको थियो । यस वर्ष पनि वसन्त ऋतुमा उल्लेख्य आरोहण हुने अपेक्षा गरिएको थियो ।

विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट रु. ५६ करोड राजश्व उठेको थियो । यस वर्ष रु. ६० करोड सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ। अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो।

 

प्रकाशित: Mar 13, 2020| 08:04 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।