बिहीबार, भदौ ४, २०८३

कोरोना भाइरसका कारण नयाँ अर्बपति जन्मिदै

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको गति सुस्त बने पनि मेडिकल र बायोटेक्नोलोजी क्षेत्रका केही व्यवसायी भने अर्बपति बन्दै छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रको गति सुस्त बने पनि मेडिकल र बायोटेक्नोलोजी क्षेत्रका केही व्यवसायी भने अर्बपति बन्दै छन्।

ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार चीनको हुवेइ प्रान्तस्थित अल्मिड मेडिकल प्रोडक्ट कम्पनीको सम्पत्ति यो वर्ष दोब्बर हुने भएको छ।

चीनको मेडिकल र बायोटेक्नोलोजी क्षेत्रको अग्रणी कम्पनी अल्मिडले उत्पादन गर्ने उच्च गुणस्तरको मास्क र ‘टेस्ट किट’ को माग अहिले विश्व बजारमा उच्च छ। ।

चुई जिनहाईले सन् १९९२ मा स्थापना गरेको यो कम्पनीले अहिले आफ्नो उत्पादन दोब्बर बनाएको छ। अहिले भइरहेको व्यापारअनुसार जिनहाई यही वर्ष अर्बपतिको सूचीमा पर्ने ब्लूमबर्गले उल्लेख गरेको छ।

त्यस्तै, चीनकै क्वाङचाउ ओन्डफु बायोटेक कम्पनीले कोेरोेनाकै कारण यो वर्ष ४० प्रतिशतले सम्पत्ति बढाउने भएको छ।

‘टेस्ट किट’ र ‘एन्टिबडी टेस्ट’ उत्पादक यो कम्पनी ली विनमेइ रवाङ चिआउले सञ्चालन गर्दै आएका छन्। त्यस्तै अनुसन्धानकर्ता एवम् औषधि व्यवसायी डा यान क्याङ पनि यो वर्ष विश्व अर्बपतिको सूचीमा पर्ने भएका छन्।

हाउलान बायोलोजिकल इन्जिनियरिङमा मुख्य शेयर भएका डा. यान क्याङ कोभिड–१९ विरुद्धको भ्याक्सिन बनाउन अनुसन्धानरत छन्। उनले एच वान एन वानको पनि भ्याक्सिन पत्ता लगाएका थिए।

क्वाङचाउ टाइगरमिड कन्सल्टिङ कम्पनीका संस्थापक यी सिआयोपिङको सम्पत्ति पनि यो वर्ष ८ प्रतिशतले बढ्ने भएको छ। उनी पनि एन्टी भाइरल ड्रगको अनुसन्धानमा संलग्न छन्।

अमेरिकाको सन फ्रान्सिसकोमा रहेको भीर बायोटेक्नोलोजी इन्डष्ट्रिको शेयर ११ प्रतिशतले बढेको छ। नेशनल इन्स्टिच्युट अफ हेल्थ अन कोरोना भाइरस रिसर्चमा आवद्ध उक्त कम्पनीको सम्पत्ति यो वर्ष तीन गुणा बढेर अर्बपतिको सूचीमा पर्नेछ।

 

प्रकाशित: Mar 13, 2020| 07:51 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।