बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी जवान लिखित परीक्षाकाे नतिजा सार्वजनिक, को को भए पास ?

प्रहरी जवान लिखित परीक्षाकाे नतिजा सार्वजनिक, को को भए पास ?

लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको परिक्षाफल प्रकाशित भएको छ ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं- लोकसेवा आयोगले गएको मंसिर २८ गते लिएको प्रहरी जवानको परीक्षाफल प्रकाशित भएको छ ।

१४ हजार पाँच सय ११ जना सहभागी भएको लिखित परीक्षामा ७ हजार १२८ जना पास भएको आयोगले जनाएको छ।

पास भएकाहरुमा २ हजार ८ सय २५ जना खुलाबाट, १३ जना अशक्तबाट, १ हजार ३ सय ७७ जना आदिवासी जनजातिबाट, ९ सय ३५ मधेशीबाट, ९ सय ६९ महिलाबाट, ७ सय ११ दलितबाट र २ सय ९८ पिछडिएको क्षेत्रबाट छन्।

प्रहरी प्रधान कार्यालयले ३ हजार ६ सय ७६ जना प्रहरी जवान मागेको थियो ।

लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने आयोगले जनाएको छ।

हेर्नुहोस् को को भए पास ?

प्रकाशित: Mar 13, 2020| 05:58 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।