बिहीबार, भदौ ४, २०८३

कोरोना भाइरस भित्रिन नदिन बैतडीका पाँच नाका बन्द

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका जिल्लाका पाँच नाका बन्द गरिएका छन्।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

बैतडी– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका जिल्लाका पाँच नाका बन्द गरिएका छन्। जिल्लाका पञ्चेश्वर तथा शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका पाँच नाका बन्द गरिएका
हुन्।

जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले डुंगाबाट आवतजावत हुने घाट तत्कालका लागि बन्द गरिएको जानकारी दिए। यहाँका बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएको जनाइएको छ। भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

यसैबीच, जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालन गर्ने तयारी गरिएको छ। मुख्य नाकाका रूपमा रहेको झुलाघाटमा फागुन १० देखि हेल्थ डेस्क सञ्चालन गरिएको छ। तल्लो स्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय गरिएको छ।

शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। 

उपकरण अभाव

तल्लो स्वराडका घाटमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भए पनि त्यहाँ उपकरण अभाव भएको छ। उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षण नहुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

हेल्थ डेस्कमा ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायत उपकरण अभाव रहेको बताइएको छ।

जिल्ला अस्पतालमा ‘आइसोलेसन कक्ष’ स्थापना

शंकास्पद लक्षण भएका बिरामीका लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ।

हेल्थ डेस्कमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमुना संकलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्तराज जोशीले जानकारी दिए।

रासस

प्रकाशित: Mar 13, 2020| 04:29 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।