बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होलीमा अत्याधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु, सबैको पहिचान खुल्यो

होलीमा अत्याधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु, सबैको पहिचान खुल्यो

होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँच जनाको मृत्यु भएको छ । अत्याधिक घरेलु मदिरा खाएर बिरामी परेका आठ जनामध्ये पाँच जनाको मृत्यु भएको वडाध्यक्ष श्याम यादवले जानकारी दिए ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

जनकपुर- होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा पाँच जनाको मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अत्यधिक घरेलु मदिरा खाएर बिरामी परेका आठ जनामध्ये पाँच जनाको मृत्यु भएको वडाध्यक्ष श्याम यादवले जानकारी दिए ।

उनका अनुसार बिहीबार बिहान एक जनाको, दिउँसो दुई जनाको र बिहीबार राति दुई जनाको मृत्यु भएको हाे ।

अत्यधिक घरेलु मदिरा खाएर ज्यान गुमाउनेहरुमा करिब ३० वर्षीय रामनारायण महरा, करिब ३२ वर्षीय राजु महरा, करिब ४० वर्षीय रामविलास मण्डल, करिब ३० वर्षीय ब्रह्मदेव यादव र करिब ६५ वर्षीय गुद्री महरा रहेको वडाध्यक्ष यादवले जानकारी दिए ।

उनका अनुसार रामनारायण महरा र राजु महराको बिहीबार राति मृत्यु भएको हो । उनीहरु एक नम्बर वडाका हुन् । अन्य तीन जना दुई नम्बर वडाका हुन् भने उनीहरुको बिहीबार दिउँसो मृत्यु भएको हो ।

धनुषामा बुधबार होली मनाइएको थियो। होलीमा अत्याधिक मदिरा पिएका उनीहरु बुधबार राति नै बेहोस भएका थिए । बेहोस भएका आठ जनामध्ये पाँच जनाको मृत्यु भएको र तीन जनाको सिकिस्त अवस्थामा उपचार भइराखेको वडाध्यक्ष यादवले जानकारी दिए ।

सिकिस्त बिरामी हुनेहरुमा शत्रुधन मण्डल, सीताराम यादव, इन्द्रजित महरा रहेका छन्। इन्द्रजितलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Mar 13, 2020| 04:19 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।