कञ्चनपुर– जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भीमदत्त नगरपालिकास्थित लिंक रोडमा म१प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नम्बर ७ का सुरज धामी र दिनेश चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार दुर्घटनामा घाइते सुरजलाई महाकाली अस्पताल र दिनेशलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा ज्यान गएको हो।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।