ओटावा– क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ग्रेगोइरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
सोफीको कोरोना संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएको प्रधानमन्त्री कार्यालयले जनाएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।
यसअघि पत्नीलाई कोरोना संक्रमण लक्षण देखिएपछि प्रधानमन्त्री आफै घरभित्र क्वारेन्टाइनमा बसेका थिए।
प्रधानमन्त्री कार्यालयका अनुसार बेलायतमा आयोजित कार्यक्रमबाट फर्किएलगत्तै बुधबार राति सोफी ग्रेगोइर ट्रुडोलाई रुघा खोकी र ज्वरो आएको थियो ।