आइतबार, वैशाख २८, २०८२

अनअराइभल भिसा वैशाख १८ सम्म बन्द

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित नाका मात्रै सञ्चालन गरिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमनको व्यवस्था मिलाउने निर्णय गरेको छ।
 |  शुक्रबार, फागुन ३०, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

vianetvianet

काठमाडौं– राजधानीबाट आज (शुक्रबार) प्रकाशित ब्रोडसिटका दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य पेजमा स्थान दिएका छन्।

triton college

कान्तिपुर दैनिकले ‘अनअराइभल भिसा वैशाख १८ सम्म बन्द’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

“कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित नाका मात्रै सञ्चालन गरिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले व्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परीक्षण गरी आवागमनको व्यवस्था मिलाउने निर्णय गरेको छ,” कान्तिपुरले लेखेको छ।

सोही समाचारको बक्समा ‘नेपाली र भुटानीबाहेकलाई भारत प्रवेशमा रोक’ शीर्षकको समाचार छापिएको छ।

यस्तै, कान्तिपुरले ‘कञ्चनपुरको ५० बिघा भूभाग भारततिर’ शीर्षकको समाचारलाई पनि पहिलो पेजमा स्थान दिएको छ।

National life insurance

नयाँ पत्रिका दैनिकले ‘नेपालमा कोरोना परीक्षण कति विश्वसनीय ?’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

“कोरोना भाइरस (कोभिड–१९) विश्वका एक सय २५ देशमा फैलिसकेको छ। बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन्। तर, नेपालमा अहिलेसम्म कोही संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्काेतिर आशंका। धेरैको प्रश्न छ– कतै नेपालको परीक्षणमै त समस्या छैन,” नयाँ पत्रिकाले लेखेको छ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘काम खोज्दैनन् वैदेशिक रोजगारबाट फर्केका नेपाली ः ५६ प्रतिशत बेरोजगार’ शीर्षकको समाचारलाई मुख्य पेजमा छापेको छ।

यस्तै, सोही दैनिकले सरकारले ठूला जमघट हुने सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सबैलाई गरेको आह्वानबारेको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ।

नागरिक दैनिकले ‘आइटीका ठेक्कामा पौडेल बन्धुको चलखेल’ शीर्षकको समाचार पहिलो पेजमा प्रकाशित गरेको छ। सोही दैनिकले ‘प्रहरीमा कमिसनको खेल ः लत्ताकपडा गुणस्तरहीन’ शीर्षको समाचारलाई पनि मुख्य पेजमा स्थान दिएको छ।

कारोबार दैनिकले भने ‘सम्झौतामा शून्य लागत तर श्रमिकसँग लाखौं असुली’ शीर्षकको समाचारलाई पहिलो पेजमा स्थान दिएको छ।

प्रकाशित: Mar 13, 2020| 01:12 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।