बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट भारतमा पहिलो मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– भारतमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

कर्नाटक राज्यको कलबुर्गीका ७६ वर्षीय पुरुषको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने यी पहिलो व्यक्ति हुन्।

प्रदेश सरकारका स्वास्थ्यमन्त्री बी श्रीरामुलुका अनुसार ती व्यक्तिमा कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएपछि उनलाई उपचारका लागि तेलंगानाको एक अस्पतालमा भर्ना गरिएको थियो। 

ती व्यक्ति गत फेब्रुअरी २९ मा साउदी अरेबियाबाट हैदरबाद फर्किएका थिए। उनलाई मार्च ५ मा अस्पताल भर्ना गरिएको थियो । उनको नमुना परीक्षण मार्च १० मा बेङ्गलुरुमा गरिएको थियो। 

भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ७४ जनामा कोरोना संक्रमण भएको जनाएको छ।

मन्त्रालयले भनेको छ, ‘कलबुर्गीका ७६ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। अन्य व्यक्तिमा भाइरस संक्रमण हुन नदिन आवश्यक उपाय अपनाइएको छ।’

प्रकाशित: Mar 12, 2020| 18:11 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।