बिहीबार, भदौ ४, २०८३

अस्पताल चलाउने नक्कली डाक्टर प्रक्राउ

सुर्खेतमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । नक्कली एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरको आवास क्षेत्रमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका दीपेन्द्र काफ्ले पक्राउ परेका हुन्।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

सुर्खेत। सुर्खेतमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । नक्कली एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरको आवास क्षेत्रमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका दीपेन्द्र काफ्ले पक्राउ परेका हुन्।

काफ्लेले अनुमतिविनै २०३८८ नम्बरको एनएमसी नम्बर प्रयोग गर्दै आएका थिए । पक्राउ परेका काफ्लेविरुद्ध ठगीसँगै आपराधिक तथा कागजात किर्ते लगायतका कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलका अनुसार नेपाल मेडिकल काउन्सिलमा नक्कली प्रवेशपत्र पेश गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

काफ्लेले नक्कली एनएमसी प्रयोग गरेर अस्पताल सञ्चालन र बिरामी चेकजाँच गरिरहेको भनी नेपाल मेडिकल काउन्सिलले केन्द्रीय अनुसन्धान व्यूरो (सिबिआई) लाई पत्राचार गरेपछि प्रहरीले उनलाई बिहीबार सुर्खेतबाट पक्राउ गरेको हो । गएको कात्तिक ७ गते अस्पताल उद्घाटन गर्न आएका उपराष्ट्रपति नन्दबहादुर पुन अस्थायी अनुमतिपत्रमा त्रुटीपूर्ण भेटिएपछि कार्यक्रममा सहभागी भएका थिएनन् ।

तर काफ्लेले भने बंगलादेशको एमजिआर ट्रष्टबाट एमबिबिएस उत्तीर्ण गरेको बयान प्रहरीसँग बयान दिएका छन् । यसअघि उनले आफूलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) विशेषज्ञ बताउँदै आएका थिए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले यसअघि नै शुभलक्ष्मी अस्पतालको सेवा सञ्चालन अनुमति रद्द गरे पनि अस्पताल सञ्चालनमै छ । पक्राउ परेका काफ्लेविरुद्ध तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित: Mar 12, 2020| 16:15 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।