बिहीबार, भदौ ४, २०८३

प्रदेश ५ मा भारतबाट आउने सवारीसाधन प्रवेशमा रोक

छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ सरकारले भारतबाट नेपाल आउने सवारीसाधनमा रोक लगाएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरि कुनै पनि नाकाबाट भारतीय सार्वजनिक सवारीसाधन नेपाल प्रवेश गर्न नदिन निर्देशन दिएका हुन्।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

भैरहवा । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ सरकारले भारतबाट नेपाल आउने सवारीसाधनमा रोक लगाएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरि कुनै पनि नाकाबाट भारतीय सार्वजनिक सवारीसाधन नेपाल प्रवेश गर्न नदिन निर्देशन दिएका हुन्।

स्थल मार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर, बाँकेको रुपैडिया, दाङको कैलाबास सहित नवलपरासीको महेशपुर, बर्दियाको राजापुरलगायत मुख्य नाका र अन्य छोटी नाकाबाट दैनिक दर्जनौं भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल आउने–जाने जाने गर्छन्।

मुख्यमन्त्री पोखरेलले सवारीमा रोक लगाउनका लागि आवश्यक सबै तयारी थाल्न सामाजिक विकास मन्त्रालय तथा सो अन्तर्गत पर्ने स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका हुन्।

संक्रमण भएको आशंका गरिएका व्यक्ति फेला परेको अवस्थामा उपचारका लागि छुट्टै क्वारेन्टाइनको स्थापना गर्न र नमुना परीक्षणका लागि सजिलो र भरपर्दो विकल्प खोज्नका लागि पनि पोखरेलले सम्बन्धित निकायहरुलाई निर्देशन जारी गरेका छन्।

उता भारतीय सरकारले पनि बिहीबार मध्य रातिदेखि लागू हुनेगरी स्थलमार्ग हुँदै भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई रोक लगाएको छ ।

प्रकाशित: Mar 12, 2020| 15:42 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।