बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्यान मुद्दामा जन्मकैद भुक्तानी गरिरहेका सञ्जय साहलाई सम्पत्ति शुद्धीकरणमा ५ वर्ष कैद

ज्यान मुद्दामा जन्मकैद भुक्तानी गरिरहेका सञ्जय साहलाई सम्पत्ति शुद्धीकरणमा ५ वर्ष कैद

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा यसअघि नै ४ वर्षको सजाय सुनाइएका पूर्व राज्यमन्त्री संजय साह सम्पत्ति शुद्घिकरण मुद्दामा पनि दोषी ठहर भएका छन्।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा यसअघि नै ४ वर्षको सजाय सुनाइएका पूर्व राज्यमन्त्री सञ्जय साह सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन्।

विशेष अदालतले साहलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजायको फैसला सुनाएको हो। अदालतले साहलाई भ्रष्टाचार मुद्दामा गत फागुन १५ गते चार वर्ष कैद सजाय तोकेको थियो।

न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थाहा र चन्द्रबहादुर सारुको इजलासले साहलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको अदालतका सूचना अधिकारी इन्द्रबहादुर खड्काले जानकारी दिए।

अदालतले फागुन १५ मा भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाइएकोमा सम्पत्ति शुद्धीकरण मुद्दामा हुने सजायका लागि शुक्रबार पेशी तोकिएको थियो।

यसअघि अदालतले साहले १९ करोड ४४ लाख ३८ हजार ९८३ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना तिराउन अदालतले आदेश दिएको थियो।

त्यस्तै विशेष अदालतले साहले १४ करोड २५ लाख एक हजार ७१६ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पाएको थियो। विशेष अदालतले साहलाई बिगोको दोब्बर रकम जरिवाना हुने फैसला गरेको छ।

साहविरुद्ध २०७३ पुस २५ गते अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उनीविरुद्ध ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले अभियोग पत्र दायर गरेको थियो।

उक्त मुद्दामा विभागले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगिलाकुमारी साह, रामकुमार साहसहित १२ जनालाई प्रतिवादी बनाएको थियो। उनीहरूमध्ये रामकुमार साहलाई एक वर्ष ८ महिना कैद तथा बाँकीलाई दुई वर्ष ६ महिना कैद सजाय हुने अदालतको फैसला छ।

त्यस्तै १६ चैत २०७४ मा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३२ करोड चार लाख ५० हजार तीन सय चार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

पाँच जानको ज्यान जानेगरी भएको जनकपुर बम काण्डमा समेत मुछिएका साह कर्तव्य ज्यान मुद्दामा जन्मकैद भुक्तानी गर्दै नख्खु कारागारमा थुनामा छन्। २०६९ वैशाख १८ गते जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो। सभासद् रहेकै बेला २०७१ वैशाख २० गते उनी पक्राउ परेका थिए।

प्रकाशित: Mar 12, 2020| 14:59 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।