बिहीबार, भदौ ४, २०८३

कर्णाली करिडोरको सडक निर्माणमा रोक

हुम्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तार कार्य रोकिएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

हुम्ला- हुम्लाको सिमकोटबाट खार्पुसम्म जोड्ने सडक विस्तार कार्य रोकिएको छ।

सिमकोट गाउँपालिका–५ तल्लोगाउँका स्थानीयवासीको विरोधपछि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली करिडोर निर्माण कार्य तीन हप्तादेखि रोकिएको छ।

वडा नं ५ का स्थानीयवासीले अवरोध गरेपछि खार्पुबाट सिमकोटसम्मको निर्माणाधीन साढे १२ किलोमिटर सकड निर्माणको काम रोकिएको हो।

आफूहरुको जग्गा नोक्सान भएको भन्दै स्थानीयवासीले सडक निर्माणमा अवरोध पु¥याएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताईन्।

वडा नं ५ तल्लोगाउँका स्थानीयवासीसँग सडक विस्तार गर्न सहमति गराउनका लागि दुईपटक जिल्ला प्रशासनमा वार्ता गरे पनि कुनै ठोस निर्णय हुन सकेन।

कर्णाली करिडोरअन्तर्गत खार्पुबाट सिमकोटसम्म निर्माणको जिम्मा अङ्क कबेन्द्र माउण्टेन जेभी कन्स्ट्रक्शनले लिएको छ।

खार्पु–सिमकोटको साढे १२ किलोमिटर सडक असार मसान्तसम्म विस्तार गरिसक्नुपर्ने निर्माण कम्पनीले जनाएको छ। तर यहाँका स्थानीयवासीसँग सहमति गर्नका लागि दुईपटकसम्म वार्ता बसे पनि अवरोध कायमै राखेका कारण निर्माणमा समस्या निम्तिएको बताइएको छ।

तल्लोगाउँ वडा ५ का स्थानीयवासीले सकड निर्माणमा आफ्नो जग्गा सडकमा जाने भएपछि त्यसको क्षतिपूर्ति मागेको र कन्स्ट्रक्शनका अनुसार सडक विस्तार गर्दा क्षति भएको जग्गाका लागि दिने पैसा आफूहरुसँग नभएको बताएको छ। रासस

प्रकाशित: Mar 12, 2020| 14:33 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।