बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समूहद्वारा अपहृत किशोरीको उद्धार, हतियारसहित १४ कार्यकर्ता पक्राउ

विप्लव समूहद्वारा अपहृत किशोरीको उद्धार, हतियारसहित १४ कार्यकर्ता पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले धनुषाबाटअपहृत एक किशोरीलाई प्रहरीले उदयपुरबाट उद्धार गरेको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले धनुषाबाट अपहृत एक किशोरीलाई प्रहरीले उदयपुरबाट उद्धार गरेको छ। किशोरी उद्धार गर्ने क्रममा प्रहरीले विप्लव समूहका १४ जना कार्यकर्ता पक्राउ गरेको छ।

उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले धनुषाबाट विप्लव समूहद्वारा अपहृत १५ वर्षीया गीता मोक्तानलाई कटारीबाट उद्धार गरिएको जानकारी दिए।

उद्धार गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १५ जना विप्लव समूहका कार्यकर्तालाई ३ वटा हतियारसहित पक्राउ गरेको बुढाले बताए।

पक्राउ परेकाहरुलाई धनुषा पठाउने तयारी छ। मोक्तान परिवारले विप्लव समूहले छोरीलाई जबर्जस्ती लिएर गएको खबर गरेपछि प्रहरी परिचालन भएको थियो।

प्रकाशित: Mar 12, 2020| 11:15 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।