बिहीबार, भदौ ४, २०८३

किशोरी बलात्कारमा संलग्नलाई १२ वर्ष कैद

१४ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय तोकेको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं - १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक युवकलाई १२ वर्ष कैद सजाय तोकेको छ।

कक्षा ७ मा अध्ययनरत किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको बुद्धभूमि नगरपालिका-९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई जिल्ला अदालतले १२ वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला सुनाएको हो।

न्यायाधीश लोकजङ्ग शाहको इजलासले जबरजस्ती करणी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका श्रेष्ठलाई उक्त सजाय सुनाएको स्रेस्तेदार चिन्तामणि शर्माले जानकारी दिए। शर्माका अनुसार किशोरीको बलात्कारमा संलग्न अन्य चार बालकलाई भने ८ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ।

२०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती किशोरीलाई ६ जनाले ललाइफकाई जबरजस्ती करणी गरेका थिए। किशोरीको पेटमा तीन महिलाको गर्भसमेत रहेको खुलेको थियो।

किशोरीकी आमाले २०७६ वैशाख ११ गते छोरीलाई ६ जनाले गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। होटलका मालिक युवराज भुसालसमेत बलात्कारमा संलग्न रहेको र उनी फरार रहेको प्रहरीले जनाएको छ। उनको मुद्दा मुल्तबीमा राखिएको स्रेस्तेदार शर्माले जानकारी दिए।

प्रकाशित: Mar 12, 2020| 11:07 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।