बिहीबार, भदौ ४, २०८३

नेरुडे लघुवित्तको डेढ करोड हिनामिना, दुईजना पक्राउ

महोत्तरीको एक लघुवित्तका कर्मचारीले डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ। रकम हिनामिना गर्ने दुईजना कर्मचारीलाई प्रहरीले पक्राउसमेत गरेको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– महोत्तरीको एक लघुवित्तका कर्मचारीले डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ। रकम हिनामिना गर्ने दुईजना कर्मचारीलाई प्रहरीले पक्राउसमेत गरेको छ।

पिपरा गाउँपालिकामा सञ्चालित नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखाको एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा २ जना कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण छन्। तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक हुन्।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई मंगलबार राति पक्राउ गरेको जनाएको छ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार उनीहरुले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाएर रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ। साथै सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी २ जनाले एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको अधिकारीले जानकारी दिए।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ।

दुबै जनाले उक्त रकम एक महिलामार्फत् जग्गामा लगानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुुसन्धान अधिकृत प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए। ‘एक जनाले ४० लाख र अर्कोले ४५ लाख रुपैयाँ ती महिलामार्फत् जग्गामा लगानी गरेको खुलेको छ,’ बस्नेतले भने, ‘महिला फरार छन्, यसबारे थप अनुसन्धान भैरहेको छ।’

 

प्रकाशित: Mar 12, 2020| 10:48 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।