बिहीबार, भदौ ४, २०८३

टनेल सफा गर्दा ढुंगाले लागेर इन्जिनियरको मृत्यु

 लम्जुङको पिपुल्स जलविद्युत् आयोजनाको टनेलमा ढुंगा लागेर एक जना इन्जिनियरको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- लम्जुङको पिपुल्स जलविद्युत् आयोजनाको टनेलमा ढुंगा लागेर एक जना इन्जिनियरको मृत्यु भएको छ।

दोर्दी गाउँपालिका–६ मा रहेको उक्त जलविद्युत आयोजनाको टनेल सफा गर्ने क्रममा दाङ तुल्सीपुरका २४ वर्षीय निरञ्जन बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र गुरुङले बुधबार राति टनेल सफा गर्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर बस्यालको ज्यान गएको जानकारी दिए।

ढुंगा लागेर गम्भीर घाइते भएका बस्यालको सामुदायिक अस्पताल बेसीसहरमा मृत्यु भएको थियो।

प्रकाशित: Mar 12, 2020| 10:27 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।