बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाका कारण नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित

कोरोनाका कारण नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित

नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर अघि सारेको एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ। पाँच महिना अघिबाट तयारी थालेको नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं - नेपाली सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गरेर अघि सारेको एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ। पाँच महिना अघिबाट तयारी थालेको नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा हिँडेका बाटो, त्यसवेलाका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले मार्ग बनाइएको सेनाले जनाएको थियो।

एकीकरण मार्गको काम पनौतीबाट सुरुगर्ने कार्यक्रम सेनाले तय गरेको थियो। यो कार्यक्रमसँगै पोखरा र तनहुँमा हुने भनिएको भूतपूर्व सैनिक सम्मेलन पनि रोकिएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम स्थगित गरेको सेनाले जनाएको छ। सरकारले यसअघि नै सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएको थियो।

प्रकाशित: Mar 12, 2020| 10:18 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।