शनिबार, साउन २३, २०८३

देशभर एसईईको तयारी पूरा, चार लाख ८२ हजार परीक्षार्थी (तालिकासहित)

सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र  पुर्‍याइसकिएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र  पुर्‍याइसकिएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।
आगामी चैत ६ गते सुरु हुने परीक्षामा चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुनेछन्।

परीक्षाका लागि १९९४ परीक्षा केन्द्र तोकिएको छ।

मुलुक संघीयतामा गएपछि परीक्षा सञ्चालन खर्च, सुरक्षा र कर्मचारी परिचालन भने प्रदेश सरकारले गर्नेछ। परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन लगायतका काम गर्दै आएको छ।

विश्वव्यापी रूपमा कोरोना माहामारी फैलिरहेका बेला परीक्षा स्थगित गर्ने विषयमा कुनै छलफल नभएको परीक्षा नियन्त्रक खकुरेलले बताए ।
बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा चैत १७ गते सकिनेछ ।

१९९० सालको पुस अन्तिम सातादेखि नेपालमा पहिलो पटक कक्षा १० को प्रवेशीका परीक्षा (एसएलसी) सुरु भएको थियो।

एसएलसी सुरु भएको ८३ औं वर्ष २०७३ देखि भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नामकरण गरिएको छ। शिक्षा ऐनमा कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिएकाे छ।

ऐनमा कक्षा दसको अन्त्यमा हुने परीक्षा क्षेत्रीय स्तरमा हुने व्यवस्था भए पनि केन्द्रीय स्तरबाटै हुँदै आएको छ।

 

प्रकाशित: Mar 12, 2020| 09:45 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्