बिहीबार, चैत ७, २०८१

कांग्रेसलाई जिताउन पार्टीको नेतृत्व लिन चाहन्छु : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउनका लागि नेतृत्वमा पुग्न चाहेको बताएका छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई जिताउनका लागि नेतृत्वमा पुग्न चाहेको बताएका छन्। महोत्तरीको जलेश्वरमा महेश्वर सिंह स्मृति भवनको उदघाटन एवं नेता महेश्वर सिंहको शालिक अनावरण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति निधिले पार्टीलाई थप सुदृढ बनाएर चुनावमा जिताउन सभापतिमा उम्मेदवारी दिन लागेको स्पष्ट पारेका हुन्।

health

 ‘म कसैलाई पराजित गर्न होइन, कांग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु,’ उनले भनेका थिए। पार्टीले पछिल्लो निर्वाचनमा व्यहोरेको हारलाई बिर्संदै थप उर्जा प्रदान गर्नका लागि आफू उम्मेदवारी दिन लागेको र यसमा सम्पूर्ण नेताकार्यकर्तालाई साथ र सहयोग दिन उनको अपिल छ। 

नेपाली कांग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी रहेकाले आफूले पार्टीको यो लाइनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका उनले कांग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुने दावीसमेत गरे। 

एक अर्को प्रसंगमा निधिले कांग्रेसको नेतृत्वमा स्थायी सरकार बनिसकेको र यो सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका थिए। अबको डेढ वर्षपछि हुने निर्वाचन गराउने जिम्मेवारी पनि नेपाली कांग्रेसकै काँधमा रहेकाले यो अवधिमा अहोरात्र जनतामाझ गएर खट्न नेता कार्यकर्ताहरुलाई उपसभापति निधिले निर्देशन दिएका थिए।

प्रकाशित: Jul 27, 2021| 13:10 मंगलबार, साउन १२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।