आइतबार, चैत १, २०८२

कोरोना संक्रमण ११८ मुलुकमा, चार हजार ६०७ को मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार संक्रमणबाट चार हजार ६०७ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं– चीनको वुहानमा डिसेम्बर तेस्रो साता देखिएको कोरोना भाइरस (कोभिड–१९) बिहीबारसम्म ११८ देशमा फैलिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार संक्रमणबाट चार हजार ६०७ जनाको मृत्यु भएको छ।

National life

विश्वभर एक लाख २४ हजार ५१९ जना संक्रमति भएका छन् । संक्रमितको सबैभन्दा बढी संख्या चीनमा ८० हजार ९८० छ।

इटालीमा १२ हजार ४६२ जना, इरानामा नौ हजार र दक्षिण कोरियामा सात हजार ८६९ जना संक्रमित भएका छन्।

फ्रान्समा दुई हजार २६९, स्पेन दुई हजार १४०, जर्मनी एक हजार ५६७ र अमेरिकामा ९८७ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा हालसम्म ७३ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये उत्तरप्रदेशको राजधानी लखनउमा पनि एक जना संक्रमित भेटिएका छन्।
कोरोना संक्रमण कम गर्न भारतले १५ अप्रिलसम्म भिसा प्रक्रिया बन्द गरेको छ।

Laxmi sunrise bank
kumari

अमेरिकाले युरोपबाट हुने सम्पूर्ण हवाई उडान एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

चीनको सिनजियाङ राज्यमा भने हालसम्म एक जनामा पनि संक्रमण देखिएको छैन।

पछिल्ला दिनमा चीनमा कोरोना संक्रमणको दर निकै कम भएको छ।

 

प्रकाशित: Mar 12, 2020| 08:41 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।