बिहीबार, भदौ ४, २०८३

संसद् र स्कुल तत्काल बन्द गर्न कांग्रेसको माग

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले संसद् बैठक स्थगित गर्न माग गरेका छन् ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले संसद् बैठक स्थगित गर्न माग गरेका छन् ।

कोरोना भाइरसका कारण विश्व नै प्रभावित भइरहेको बेला संसद् सञ्चालन गर्नु ठिक नभएको भन्दै कांग्रेसका सांसद्हरुले बैठक स्थगित गर्न प्रस्ताव गरेका हुन् ।

कांग्रेस सांसद भरत शाहले संसदमा प्रस्ताव राख्दै भने- ‘कोरोना भाइरसको जोखिम छ, यस्तो परिस्थितिमा संसद् धेरै दिन नलचाऔँ’

कांग्रेसका अर्का सांसद् भीमसेनदास प्रधानले पनि कोरोना भाइरसप्रति सजगता अपनाउनुपर्ने भन्दै संसद् बैठक स्थगित गर्न माग गरे। सरकारले संसद्लाई निरन्तर चलाइराख्नुपर्ने कुनै तुक नरहेको उनको भनाइ छ ।

सांसद् प्रधानले नेपालमा कोरोना संक्रमण फैलियो भने सरकारले रोक्न नसक्ने भन्दै स्कूल पनि बन्द गर्नुपर्नेमा जोड दिए ।

अमेरिकाले युरोपका सम्पूर्ण हवाइ उडान बन्द गराएको मात्रै होइन, अन्य भीडभाड हुने कार्यक्रम पनि स्थगित गराएको उल्लेख गर्दै विद्यालय र भीडभाड हुने कार्यक्रम सबै स्थगित गर्नु पर्नेमा उनले जोड दिए ।

प्रकाशित: Mar 12, 2020| 06:08 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।