बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले रोक्यो सबैखाले भिसा, भारतीय नागरिक पनि स्वदेश फर्किन नपाउने

भारतले रोक्यो सबैखाले भिसा, भारतीय नागरिक पनि स्वदेश फर्किन नपाउने

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि भारतले आफ्नो मुलुकमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। बीबीसीका अनुसार भारतले आगामी अप्रिल १५ सम्मको लागि सबैखाले भिसा रद्द गरेको हो।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि भारतले आफ्नो मुलुकमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। बीबीसीका अनुसार भारतले आगामी अप्रिल १५ सम्मको लागि सबैखाले भिसा रद्द गरेको हो।

भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले कोरोनाको फैलावट रोक्न सरकार आफ्नो पूरै क्षमताका साथ लागिपरेको बताएका छन्। जनसंख्याको हिसाबले भारतको विश्वको दोस्रो ठूलो देश हो।

अन्य देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाइरहेको समयमा भारतले भने विदेशबाट भारत आउन खोज्ने आफ्नै नागरिकलाई पनि प्रवेश नदिने घोषणा गरेको छ।

बुधबार शीर्ष मन्त्रीहरुको एक समूहको बैठकपछि उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको थियो। भारतले जारी गरेको यात्रा निर्देशिकाअनुसार भारत सरकारले अब मार्च १३ को दिउँसो १२ बजेपछि भारतका लागि हिँडिसकेका विदेशीलाई समेत प्रवेश दिने छैन।

प्रतिबन्ध विदेशमा रहेका भारतीय नागरिकताधारीलाई पनि लागू हुने भए पनि कूटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ ।

निर्देशिकामा भारतमा आउनैपर्ने अत्यावश्यक कारण भएका विदेशीले तिनको नजिकको भारतीय दूतावास वा वाणिज्य दूतावाससँग सरसल्लाह गर्न सुझाव दिइएको छ। साथै भारतले आफ्ना नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन दिएको छ।

भारतको नयाँ यात्रा निर्देशिका विश्व स्थास्थ्य संगठनले कोरोना भाइरस प्रकोपलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि आएको हो।

बीबीसी

प्रकाशित: Mar 12, 2020| 05:53 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।