बिहीबार, भदौ ४, २०८३

वीरगन्जबाट रुम्जाटार जाँदै गरेको जिप भीरबाट खस्यो

वीरगन्जबाट रुम्जाटार जाँदै गरेको जिप ओखलढुंगामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

ओखलढुंगा- वीरगन्जबाट रुम्जाटार जाँदै गरेको जिप ओखलढुंगामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा सडकदेखि १ सय ५० मिटर तल खस्दा १२ जना घाइते भएका हुन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बिहीबार (आज) बिहान भएको दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया छन्।

अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रकाशित: Mar 12, 2020| 05:26 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।