बुधबार, वैशाख २६, २०८१

कर्णालीका ३५४ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी

सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६३ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र रुकुमपश्चिममा तीन जना स्थानीय तहका जनप्रतिनिधिले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

देव राना

देव राना

मंगलबार, भदौ २२, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा स्थानीय तहका ३५४ जनाले एमाले परित्याग गरेका छन्। सल्यानका ७६ जना, कालिकोट ६५ जना, दैलेखका ६५ जना, जुम्लाका ४४ जना, डोल्पाका ४२ जना, मुगुका २९ जना, सुर्खेतमा १५ जना, जाजरकोटमा १० जना, हुम्लामा ५ जना र  रुकुमपश्चिममा तीन जना स्थानीय तहका जनप्रतिनिधिले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।

triton college

एमाले छोड्ने जनप्रतिनिधिमध्ये सल्यानमा सबैभन्दा धेरै अर्थात ७६ जना छन्। त्यहाँ सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, कपुरकोट गाउँपालिकाबाट उपाध्यक्ष तीला बुढासहित ७६ जनाले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोजेको जिल्ला सचिव रमेश गौतमले जानकारी दिए। त्यहाँ स्थानीय तहको निर्वाचनमा एमालेका एकसय ४२ जना जनप्रनिधिले निर्वाचित भएका थिए। 

७६ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिको संख्या ६६ जनामा सीमित भएको छ। यद्यपी सनाखत फिर्ताका लागि दुइजना वडासदस्यहरुले निर्वाचन कार्यालयमा निवेदन दिएका छन्। सल्यान नेकपा (एकीकृत समाजवादी) समाजवादीका प्रदेश संयोजक प्रकाश ज्वालाको गृह जिल्ला हो।

त्यस्तै कालीकोटमा ६५ स्थानीय तहका जनप्रतिनिधिले एमाले छोडेका छन्। दैलेखमा पनि ६५ जना जनप्रतिनिधिले एमाले छोडेका छन्। महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा,  ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मीता सिंहसहित ६५ जनाले एमाले छोडेका हुन्। 

उनीहरु सबैले एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेको दैलेखका अध्यक्ष बरुननाथ योगीले जानकारी दिए। तर मंगलबार सवा पाँच बजेट निर्वाचन कार्यालय पुगेका एकजना कार्यपालिका सदस्यले भने सनाखत गर्न पाएनन्। 

corrent noodles
Metro Mart

त्यहाँ स्थानीय तहको निर्वाचनमा एमालेबाट कुल ३१५ जना जनप्रनिधि निर्वाचित भएका थिए। दैलेख एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको गृह जिल्ला हो। थापा बैशाख ३ गते फ्लोरक्रस कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री बनेका हुन्। उनको सांसद पद समेत गुमिसकेको छ।

त्यस्तै डोल्पाबाट ४२ जना जनप्रतिनिधिहरुले एमाले छोडेका छन्। त्यहाँ ठूलिभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही, आठजना वडाध्यक्ष, चार जना जिल्ला समन्वय समितिसहित ४२ जना जनप्रतिनिधिहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए। 

मन्त्री बुढाले पनि बैशाख ३ गते फ्लोरक्रस कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। सुरुदेखि नै मन्त्री बनेका उनले चैत २५ गते पदबाट राजीनामा दिएका थिए। तर विश्वासको मत दिएपछि पुनः मन्त्रीमा नियुक्त भएका हुन्। डोल्पा मन्त्री बुढाको गृह जिल्ला हो।

त्यस्तै जुम्लामा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्रीसहित ४४ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको नेकपा (एकीकृत समाजवादी)का नेता एवम् प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा एमालेबाट एक–एकजना अध्यक्ष, उपाध्यक्ष, १७ जना वडाध्यक्षसहित ९५ जनाले निर्वाचन जितेका थिए। निर्वाचित एक गाउँपालिका उपाध्यक्ष, ११ जनावडाध्यक्षसहित ४४ जना जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन्।

त्यस्तै मुगुमा सोरु गाउँपालिकाको उपाध्यक्ष राज्यलक्ष्मी बल्ल (वम) सहित २९ जनाले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले जनाए। 

सुर्खेतमा पाँच जना वडासहित १५ जना स्थानीय जनप्रतिधिले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिए। जाजरकोटमा १०, हुम्लामा ५ जना र रुकुमपश्चिममा ३ जना जनप्रतिनिधिले पनि नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका ३५४ मध्ये केही फेरबदल हुनसक्ने सम्भावना छ। अहिलेसम्म सल्यानका दुई र सुर्खेतका एक जना जनप्रतिनिधिले सखाखत फिर्ताका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका छन्। ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट २७ प्रमुख, ३१ उपप्रमुखसहित १ हजार ४०३ जनप्रतिनिधि निर्वाचित भएका थिए।

प्रकाशित: Sep 07, 2021| 20:30 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।