बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालापानीबाट विदेशी सेना हटाउन संसदमा संकल्प प्रस्ताव प्रस्तुत हुँदै

कालापानीबाट विदेशी सेना हटाउन संसदमा संकल्प प्रस्ताव प्रस्तुत हुँदै

संघीय संसदको प्रतिनिधिसभामा कालापानीबाट विदेशी सेना हटाउन संकल्प प्रस्ताव पेश हुने भएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

संघीय संसदको प्रतिनिधिसभामा कालापानीबाट विदेशी सेना हटाउन संकल्प प्रस्ताव पेश हुने भएको छ। आज (बिहीबार) बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले उक्त प्रस्ताव पेश गर्न लागेका हुन्। प्रस्तावको समर्थकमा नेकपाकै सांसद रामकुमारी झाँक्री रहेकी छन्।

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकोले’ सांसद अधिकारीले उक्त विषयको संकल्प प्रस्ताव पेश गर्न लागेको संसद संचिवालयले प्रकाशित गरेको आजको बैठकको कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: Mar 12, 2020| 04:40 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।