बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालबाट बच्चा चोरेर बन्धक बनाउनेलाई पाँच वर्ष कैद

अस्पतालबाट बच्चा चोरेर बन्धक बनाउनेलाई पाँच वर्ष कैद

सुत्केरीको भेषमा नाटकीय तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाउने विमकला पाण्डेलाई अदालतले पाँच वर्षको कैद फैसला सुनाएको छ ।

मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फरार भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले जेल सजाय, रु. ५० हजार क्षतिपूर्ति र रु. ५० हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिए ।

शिशु लिएर फरार भएकी पाण्डेलाई प्रहरीले गत असार २८ गते गिरफ्तार गरेको थियो । प्रभासमा तानसेन नगरपालिका वडा नं ९ डाँडाडुमका २२ वर्षीया जमुना रानाले २७ गते जन्माएको छोरालाई उनले अपहरण गरेकी हुन् । सुत्केरी छोरीको हेरचाहका निम्ति बसेकी आमाले ज्वानोको लिन गएका बेला बच्चा काखमा लिएर सहयोग गर्ने भन्दै पाण्डे पनि बच्चा लिएर अस्पतालकै क्यान्टिनमा गएकी थिइन् । ज्वानोको झोल लिएर जानुस् म बच्चा लिएर आउँछु भनेकी विमकला अस्पतालको तल्लो तलाबाटै भागेकी थिइन्।

छोरी भएको ठाउँ अस्पतालको माथिल्लो तलामा केहीबेरसम्म पर्खिंदा पनि नआएपछि बल्ल शिशु हराएको परिवारले पत्तो पाएका थिए । शिशु लिएर कालीगण्डकी ए परियोजनामा सरसफाइ कर्मचारीका रुपमा कार्यरत उनी सोही स्थान कार्यालयको कोठामा पुर्याएकी थिइन् ।

शिशु हराएको भन्दै अस्पतालबाट प्रहरीमा जानकारी भएलगत्तै खोजी गर्दा पाण्डेलाई बच्चासहित कोठामा भेटिएको थियो । सामाजिक सञ्जालभरि शिशु हराएको सूचना पाएका स्थानीयले बच्चा रोएको र उनी गर्भवती नभएकाले आशङ्कामा प्रहरीलाई खबर गरेका थिए ।

सुत्केरीको भेषमा नाटकीय तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो ।

रासस

प्रकाशित: Mar 12, 2020| 04:23 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।