बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना त्रास : अमेरिकाले युरोपबाट हुने सबै उडान रोक्यो

कोरोना त्रास : अमेरिकाले युरोपबाट हुने सबै उडान रोक्यो

कोरोना भाइरसको संत्रासका कारण अमेरिकाले युरोपबाट हुने सबै हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- कोरोना भाइरसको संत्रासका कारण अमेरिकाले युरोपबाट हुने सबै हवाई उडानमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि (शुक्रबार)देखि ३० दिनसम्मका लागि युरोपबाट अमेरिकामा हुने सबै उडान बन्द गर्ने घोषणा गरेका हुन् ।

युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गर्दै ट्रम्पले यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने पनि स्पष्ट पारेका छन् ।

ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ सङ्क्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको उनको भनाइ छ ।

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको सङ्क्रमण तीव्र बनेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ भने एक हजार तीन सय २२ जनामा संक्रमित भएका छन् ।

प्रकाशित: Mar 12, 2020| 03:06 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।