बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना विश्वव्यापी महामारी बनेको डब्ल्यूएचओको घोषणा, एकैदिनमा ३३१ को मृत्यु

कोरोना विश्वव्यापी महामारी बनेको डब्ल्यूएचओको घोषणा, एकैदिनमा ३३१ को मृत्यु

 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरेको छ ।

बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा पत्रकार सम्मेलन गर्दै सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुपमा फैलिएको बताएका हुन् ।

महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भए पनि अहिले कोरोनाको संक्रमण त्यही रुपमा फैलिएको उनको भनाइ छ । डब्ल्यूएचओको मूल्यांकन अनुसार अब यो प्रकोपका रुपमा मात्रै नरहेको उनले बताए ।

तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।

वितेको २४ घन्टामा मात्रै तीन सय ३१ जनाको कोरोनाकै संक्रमणका कारण मृत्यु भएको छ भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् ।

कोरोनाको संक्रमण चीनमा घट्दै गएपनि अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

प्रकाशित: Mar 12, 2020| 02:31 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।