बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीलाई संक्रमण, डिस्चार्ज अनिश्चित !

दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ। उपचारमा संलग्न चिकित्सकको टोलीले ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन् । उनका अनुसार यसको रिपोर्ट आउन ४८ घण्टा लाग्नेछ ।

मंगलबार परिक्षणका लागि पठाइएको र बिहीबारमात्रै रिपोर्ट आउने भएकाले बाँकी निर्णय रिपोर्टका आधारमा गरिने पनि उनले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने निर्णय पनि यही रिपोर्टमा भर पर्नेछ ।

यदि संक्रमण पुष्टि भए अझै केही दिन अस्पताल नै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् । संक्रमण नदेखिए एक दुई दिनपछि नै डिस्चार्ज गर्ने उनीहरुको तयारी छ ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।

सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको पाँचदेखि सात दिनभित्र डिस्चार्ज गर्ने बताए पनि ओलीलाई बुधबारसम्म ‘लिभर आईसीयू’ मै राखिएको छ ।

प्रकाशित: Mar 12, 2020| 01:58 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।