बिहीबार, भदौ ४, २०८३

किन सार्वजनिक गर्दैनन् सैनिक अधिकृतले सम्पत्ति ?

चेन अफ कमान्डमा चल्ने संगठनमा कमान्डरले गरेको घोषणा र कामलाई पछ्याउनु मातहतका अधिकृतहरूको दायित्व हुन्छ तर हालसम्म दोस्रो वरीयताका बलाधिकृत रथी शरद गिरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको कान्तिपुर दैनिकले इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेपनि बाँकी अधिकांश सैनिक अधिकृतले सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयलाई मुख्य समाचार बनाएको छ ।

सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति शीर्षकमा मुख्य समाचार छापेको कान्तिपुरले दोस्रो पटक मृगौला फेरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमको आशंका गरिएको विषयलाई प्राथमिकताका साथ छापेको छ।

आजको अन्नपूर्ण पोस्ट्ले युरोपका नेपाली सुरक्षित शीर्षकमा मुख्य समाचार छापेको छ भने पर्यटन व्यवसायीले कोरोनाको महामारीबाट अर्थतन्त्रलाई जोगाउन माग गरेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारमा सस्तिदा नेपालमा भने महँगो भएको भएको विषयलाई मुख्य समाचार बनाएको आजको नागरिक दैनिकले नविल बैंकले बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

आजको नयाँ पत्रिकाले भने अभिभावकको आडम्बरले महँगो स्कूल छान्ने होड शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै ट्यांकरको ताला खोल्ने मास्टर की गायव भएपछि धमाधम चोरी र मिसावट बढेको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ । एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी भएको समाचारमा उल्लेख छ ।

सैनिक अधिकृतले सार्वजनिक गरेनन् सम्पत्ति

कान्तिपुरमा प्रकाशित समाचारअनुसार नेपाली सेनाको इतिहासमै पहिलो पटक प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे पनि मातहतका वरिष्ठ अधिकृतले त्यसको अनुसरण गरेका छैनन् ।

उनले गत भदौमा सम्पत्ति विवरण सार्वजनिक गरेयता पाँच अधिकृतले मात्रै आफ्नो सम्पत्ति विवरण बाहिर ल्याएका छन् ।

आफ्नो तीनवर्षे कार्यकालको पहिलो वर्ष पूरा भएको अवसरमा गत भदौ २४ मा जंगी अड्डामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सेनाको वेबसाइटमा सम्पूर्ण सम्पत्ति विवरण राखेको जानकारी दिएका थिए ।

चेन अफ कमान्डमा चल्ने संगठनमा कमान्डरले गरेको घोषणा र कामलाई पछ्याउनु मातहतका अधिकृतहरूको दायित्व हुन्छ तर हालसम्म बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथीद्वय प्रभुराम शर्मा र आनन्द कार्की तथा सहायक रथीद्वय विज्ञानदेव पाण्डे र प्रेम शाहीले मात्रै सैनिक वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

दोस्रो वरीयताका बलाधिकृत रथी शरद गिरीले हालसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । करिब करिब ९६ हजारको दरबन्दी रहेको सेनामा दुई रथी, करिब २० उपरथी र ७० भन्दा बढी सहायक रथी छन् ।

पूर्वसहायक रथी तथा सैन्य मामिलाका जानकार केशरबहादुर विष्ट संगठनकै कमान्डरले सम्पत्ति विवरण सार्वजनिक गरेपछि मातहतका सबैलाई आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब पर्ने बताउँछन् । ‘तर बाध्यकारी व्यवस्था नभएकाले अरूले सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन सक्छन्,’ उनले भने ।

युरोपका नेपाली सुरक्षित

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

प्रकाशित: Mar 12, 2020| 01:21 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।