बिहीबार, भदौ ४, २०८३

गोरखामा दुई हजार मास्क बाँडियो

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा आज दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ । मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सुरक्षित रहने उपायसहित मास्क वितरण गरिएको प्रालीका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

सर्वसाधारण नागरिकलाई कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा आज दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ । मनकामना यातायात प्रालीले सदरमुकाममा एक कार्यक्रमको आयोेजना गरी कोरोना भाइरसबाट सुरक्षित रहने उपायसहित मास्क वितरण गरिएको प्रालीका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

“सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सार्वजनिक सवारी साधनका चालक, सहचालक ।तथा सर्वसाधारण नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन सकिने विधिका बारेमा जानकारी दिँदै जनचेतनामूलक पर्चा पनि हातहातमा प्रदान गरिएको हो,” उनले भने, “यसबाट सबै नागरिकलाई पहिले आफैँ सचेत हुनुपर्छ भन्ने सन्देश दिन्छ भन्ने हामीलाई लागेको छ ।”

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यस्ता खालका भाइरस सर्नसक्ने खतरा बढी हुने भएकाले यात्रु, चालक र सहचालकले विशेष सुरक्षाका उपाय अपाउनुपर्ने भन्दै यातायातका क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अभियानको शुरुआत गरिएको उनले बताए ।

प्रकाशित: Mar 11, 2020| 15:53 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।