बिहीबार, भदौ ४, २०८३

गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बुधबारको बैठक अवरुद्ध भएको हो।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

पोखरा- गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बुधबारको बैठक अवरुद्ध भएको हो।

सबै दलको प्रतिनिधित्व हुने गरी संसद् सचिवालय हेर्ने समिति बनाउनुपर्ने र मुख्यमन्त्रीले सबैलाई समानरुपमा हेर्ने तथा योजना समेट्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी दलले सदन अवरुद्ध गरेको हो।

प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सभामा बोल्दै प्याकेजमा राखिएका कार्यक्रमको बजेट वितरण गर्दा प्रतिपक्षीका तर्फबाट प्रतिनिधि राखेर वितरण गरिने प्रतिबद्धता सरकारले पूरा नगरेको बताए।

प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावली आइसकेपछि विगतका दिनमा सबैभन्दा ठूलो चुनौतीका रुपमा प्रदेशसभा सञ्चालन गर्ने नियम र नियमावलीको अभाव रहेको बताउँदै उनले त्यसका लागि एउटा विधेयक टेबुल भएको र विधायन समितिबाट बहुमतका आधारमा पास भएको बताए।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको बजेट विनियोजन गर्दा निर्वाचन क्षेत्रमा रहेका सांसदबीच सहमति नभएको खण्डमा मुख्यमन्त्रीले निर्णय गर्ने अधिकार भए पनि विवाद भएका स्थानको बजेट विनियोजन गर्दा सांसदलाई राखी छलफल गर्नुपर्नेमा माग गर्दै उनले त्यसो नगरी प्रतिपक्षलाई बेवास्ता गरिएको आरोप लगाए।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानबाट उठेका थिए। सभामुखले बस्न आग्रह गर्दा नबसेपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिएका थिए। रासस

प्रकाशित: Mar 11, 2020| 14:49 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।