बिहीबार, भदौ ४, २०८३

पूर्व मन्त्री शेर्माको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बुको निधन भएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्मा लिम्बुको निधन भएको छ। उनको ७६ वर्षको उमेरमा बुधबार दिउँसो काठमाडौंस्थित निदान अस्पतालमा निधन भएको हो।

मिर्गौलासम्बन्धी बिरामी रहेका शेर्माको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।

मिर्गौला फेल भएपछि शेर्पाले पछिल्लो समय डायलासिस गराउँदै आएका थिए। उनको निदान अस्पतालमा शुक्रबारदेखि आईसियूमा राखेर उपचार भईरहेको थियो।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडामा जन्मिएका शेर्पा पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए। उनी नेपाली कांग्रेको पूर्व केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला सभापति हुन्।

कांग्रेसको सादगी नेताका रुपमा परिचित उनी २०६४ सालमा संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए।

प्रकाशित: Mar 11, 2020| 13:28 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।