बुधबार, चैत ११, २०८२

कोरोना संक्रमण, एलर्जी वा फ्लु कसरी छुट्टयाउने?

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट झण्डै १ लाख २० हजार मानिस संक्रमित भएका छन्।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

एजेन्सी- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट झण्डै १ लाख २० हजार मानिस संक्रमित भएका छन्।

National life

संसारभर ठूला कार्यक्रमहरु रद्ध गरिएको छ भने धेरै ठाउँमा आवतजावत बन्द गरिएका छन्।

विश्व स्वास्थ्य संगठनसहित संसारभरका सञ्चारमाध्यमहरुले ‘हात धुनुहोस्’ भन्ने सन्देशलाई प्रवाह गरिरहेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण छैन। तर विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ।

त्यसैले नेपालमा उच्च सतर्कता अपनाउन थालिएको छ।

Laxmi sunrise bank
kumari

धेरै मानिसलाई कोरोनाको संक्रमण नेपालमा फैलिन थाल्यो भने के होला भन्ने डरले गाँजेको छ।

सामान्य रुघाखोकीका विरामीहरु कोरोना संक्रमणको आशंकामा टेकु अस्पताल पुगेर स्वास्थ्य जाँच गराउने क्रम चलिरहेको छ।

अमेरिकी समाचार माध्यम सीएनएनले कोरोना भाइरस संक्रमणको डर बढिरहेका बेला यसबारे सामान्य अनुमान गर्न सकिने केही उपायहरु सुझाएको छ।

मायो क्लिनिकलाई उदृत गर्दै सीएनएनले कोरोना, मौसमी फ्लु तथा एलर्जीका भिन्नता के हुन् भन्ने उल्लेख गरेको छ।

सामान्यतया ज्वरो, रुघा खोकी आमरुपमा मानिसलाई लागिरहन्छ। मौसम परिवर्तन, एलर्जी जस्ता कारणले यी समस्याहरु देखिन्छन्।

त्यसमाथि कोरोना भाइरसका लक्षण पनि त्यस्तै हुने भएकाले अहिले त्रास बढ्नु सामान्य पनि हो।

यी भिन्नताअनुसार आफूलाई शंका लागेमा नजिकको अस्पताल गएर स्वास्थ्य जाँच गराउनुपर्दछ।

चिसो तथा एलर्जीमा मानिसलाई आँखा चिलाउने, नाक थुनिने, सामान्य रुघा (छ्युँ) लाग्ने जस्ता समस्याहरु देखिन्छन्।

मौसमी फ्लु तथा कोरोना भाइरसको संक्रमणमा केही साझा लक्षणहरु देखापर्छन्।

कोरोना तथा मौसमी फ्लुका साझा लक्षणमा ज्वरो, थकान, शरीरको दुखाई, सुख्खा खोकी जस्ता देखिन्छन्।

कोरोनामा भने मौसमी फ्लुमा देखिने सबै समस्याका साथै श्वासप्रशास्वासमा समस्या हुन जान्छ।

लामो श्वास फेर्न गाह्रो हुने तथा हिँड्दा बढी स्याँस्याँ हुने समस्या यसमा देखिने चिकित्सकहरु बताउँछन्।

धेरैजसो लक्षण उस्तै भएका कारण मानिसलाई कोरोना हो वा मौसमी फ्लु हो भन्ने थाहा पाउन समस्या हुने भएकाले विज्ञहरुले यसमा केही फरक सुझाव दिएका छन्।

उनीहरुका अनुसार यस्तो लक्षण देखिएमा आफूले केही दिनयता कहाँ पुगेँ, कस्ता मानिसहरु भेटेँ भन्नेबारे हेक्का राख्नुपर्दछ।

साथै सम्भावित संक्रमितहरुसँग भेट गरेको भए, संक्रमणमा परेका देशका नागरिकसँग भेटेको भए, त्यस्तो देशबाट आएको भए तत्काल यो कुरा चिकित्सकलाई जानकारी गराउनुपर्दछ।

त्यसअनुसार उपचारमा बस्ने वा आईसोलेशनमा बस्ने वा क्वारेन्टाइनमा बस्ने भन्नेबारे चिकित्सकको सुझाव मनन् गर्नुपर्दछ।

प्रकाशित: Mar 11, 2020| 12:24 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्