आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जर्मनीका ७० प्रतिशत मानिसमा कोरोना संक्रमण हुन सक्छ : मर्केल

जर्मनीका ७० प्रतिशत मानिसमा कोरोना संक्रमण हुन सक्छ : मर्केल

जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका ६० देखि ७० प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएकी छन्।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

एजेन्सी- जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका ६० देखि ७० प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएकी छन्।

National life

उनले विज्ञहरुलाई उदृत गर्दै यस्तो चेतावनी दिएकी हुन्।

मर्केलले अहिलेसम्म कोरोना भाइरसबारे सबैतिर अध्ययन भइनसकेको, औषधि पत्ता नलागेको र यसमा सरकारले पनि चासो दिन नसकेको समेत बताएकी छन्।

अमेरिका र युरोपमा तीब्र रुपमा बढ्दै

कोरोना भाइरसको संक्रमण अमेरिका र युरोपेली देशहरुमा तीब्र रुपमा फैलिएको छ।

Laxmi sunrise bank
kumari

अमेरिकामा संक्रमितको संख्या १ हजार नाघेको छ भने मृत्यु हुनेको संख ३१ पुगेको छ।

युरोपका अधिकांश देशमा फैलिएको कोरोनाबाट इटलीमा दश हजार बढी संक्रमित भएका छन्। त्यहाँ ६ सय ३१ जनाको मृत्यु भइसकेको छ।

स्पेन, फ्रान्स, जर्मनीलगायतका मुलुकमा यसको संक्रमण फैलिएको छ।

यसैबीच अमेरिकाले इरानी जेलमा रहेका आफ्ना नगरिकलाई रिहा गर्न आग्रह गरेको छ।

इरानमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिएपछि अमेरिकाले इरानलाई आफ्ना नागरिकलाई जेलबाट रिहा गर्न आग्रह गरेको हो।

प्रकाशित: Mar 11, 2020| 11:28 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।