प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। अप्रेसनको एक सातामा समीक्षाको डिस्चार्ज भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन्।
प्रधानमन्त्री ओली भने अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका छन्। आज नै समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई भेट्ने स्वास्थ्यकर्मीबाहेक उनी नै पहिलो रहेको अस्पतालले जनाएको छ।
भेटका क्रममा दुबैले एक अर्काको स्वास्थ्यबारे सोधपुछ गर्नुका साथै आ–आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको बताएका थिए।