बिहीबार, भदौ ४, २०८३

अपहरणको नाटक गरेर आफ्नै बाउसँग २१ लाख फिरौती

आफ्नै अपहरणको नाटक गरेर मोरङमा एक जनाले बुवाबाट २१ लाख रुपैयाँ फिरौती लिएका छन्।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं- आफ्नै अपहरणको नाटक गरेर मोरङमा एक जनाले बुवाबाट २१ लाख रुपैयाँ फिरौती लिएका छन्।

अपहरणको नाटक गर्दै बाबुलाई ३० लाख रुपैयाँ फिरौती माग्ने बुढीगङ्गा गाउँपालिका–३ बाँसबारीका २४ वर्षीय मुकेशनारायण महतोलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङका निमित्त प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाका अनुसार मुकेशले बाबु शिवनारायणसँग आफू अपहरणमा परेको भन्दै फागुन २३ गते फोन गरेर ३० लाख रुपैयाँ फिरौती मागेका थिए।

थापाले अपहरणको नाटक गर्ने मुकेशलाई पक्राउ गरेको र उनको साथबाट बाबुले बुझाएको फिरौती रकम २१ लाखमध्ये १९ लाख ५३ हजार बरामद गरेको जानकारी दिए। फिरौती लिएको रकममध्ये करिब डेढ लाख उनीहरुले खर्च गरिसकेका छन्।

‘सुरुमा अपहरणकारीले मुकेशलाई लाहानमा राखेको बताएका थिए, त्यसपछि जनकपुर र कोशी ब्यारेजमा राखेको जानकारी गराए’ शिवनारायणलाई उदृत गर्दै थापाले भने, ‘शिवनारायणले २६ गते फिरौती रकमबापत २१ लाख रुपैयाँ बुझाएका रहेछन्।’

फिरौती बुझाएको दिन बेलुकी करिब ५ बजेको समयमा नै अपहरणको नाटक गर्ने मुकेशलाई सुनसरीको भन्टाबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीले फिरौतीको रकमसहित बुढिगंगा ३ का कृष्ण राजवंशीलाई पनि पक्राउ गरेको छ। राजवंशीले रकम बुझेको खुलेको प्रहरीले जनाएको छ।

मुशेकले आफूले एक वर्षअघि मिटरब्याजमा लगेको ५ लाख रुपैयाँको सावाँ ब्याज तिर्न नसक्दा बाबुसँग अपहरणको नाटक गरेको प्रहरीसमक्ष बयान दिएको थापाले बताए।

आफूले एक वर्षअघि मिटर व्याजमा लिएको ५ लाखको अहिले ९५ लाख पुगेको र उक्त रकम नतिरे ज्यान मार्ने धम्की आएपछि घर परिवारबाट पैसा माग्न लाज लागेर अपहरणको नाटक गरेको मुकेशले प्रहरीलाई बयान दिइएका छन्।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 11, 2020| 11:15 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।