काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यारोपणका लागि आफ्नो मिर्गौला दिएकी समीक्षा संंग्रौलाले भेटेकी छन्।
प्रत्यारोपणपछि प्रधानमन्त्री केपी ओली र उनलाई आफ्नो अंंग दिने समीक्षा दुबै जना त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन्।
प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई भेट्ने स्वास्थ्यकर्मीबाहेक उनी नै पहिलो रहेको अस्पतालले जनाएको छ।
भेटका क्रममा दुबैले एक अर्काको स्वास्थ्यबारे सोधपुछ गर्नुका साथै आ–आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको बताएका थिए।
समीक्षाको स्वास्थ्य अवस्थामा सुधार भएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरेको छ।