काठमाडौं- बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा एक नेपाली विद्यार्थीलाई अस्पताल भर्ना गरिएको छ।
त्यहाँको खुल्ना विश्वविद्यालय (केएमसीएच) मा अध्ययनरत नेपाली विद्यार्थीलाई खुल्ना मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको हो।
उनलाई ज्वरो र रुघाखोकी भएपछि अस्पतालको आइसाेलेसन कक्षमा भर्ना गरिएको जनाइएको छ। उनको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन।
अधिकारीहरुका अनुसार नेपाली विद्यार्थी त्यहाँको कृषि इन्जिनियरिङ तथा प्रविधि विभागमा अध्ययनरत छन्।
उनी केही दिनअघि मात्रै काँकडभिट्टा नाका हुँदै बंगलादेशको दिनाजपुर जिल्ला भएर त्यहाँ पुगेका थिए।