बिहीबार, भदौ ४, २०८३

लोकसेवाले माग्यो ७२० खरदार (विज्ञापनसहित)

लोकसेवा आयोगले ७२० खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं– लोकसेवा आयोगले ७२० खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ। न्याय, प्रशासन, व्यवस्थापिका संसद् सेवामा आयोगले बुधबार विज्ञापन प्रकाशित गरेको हो।

दरखास्त दिने म्याद आगामी चैतसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर चैत २५ गतेसम्म फाराम भर्न पाइनेछ। खरिदारका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरह उत्तीर्ण हुनुपर्नेछ।

ग्रेडिङ प्रणाली लागू भएपछि एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरुको हकमा जीपीए २ वा सोभन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेकोलाई न्यूनतम योग्यता पूरा भएको मानिनेछ।

लोकसेवाले धनकुटा कार्यालयबाट ६१, इलामबाट २६ र खोटाङबाट ३२ जना मागेको छ। यस्तै जलेश्वरबाट ९६, काठमाडौंबाट १०९ र हेटौंडाबाट ३४ जनाका लागि दरखास्त खुलेको छ।

पोखराबाट ५७, बाग्लुङबाट ४६ र बुटवलबाट ५५ जना माग गरिएको लोकसेवाको सूचनामा जनाइएको छ।

यसैगरी दाङबाट ४५, सुर्खेतबाट ४५ र जुम्लाबाट १२ जना माग गरिएको छ। आयोगले दिपायलस्थित कार्यालयबाट ५८ जना र महेन्द्रनगरबाट ४४ जनाका लागि दरखास्त आह्वान गरेको छ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३००।– (तीन सय) बुझाउनुपर्नेछ। समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. १५०।– (एक सय पचास) थप दस्तुर बुझाउनुपर्नेछ।

फाराम अनलाइनमार्फत भर्न सकिनेछ भने दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक वा ग्लोबल आईएमई बैंकमा बुझाउन सकिनेछ।

हेर्नुहोस् विज्ञापन :

 

प्रकाशित: Mar 11, 2020| 10:09 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।