बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वस्तिशान्ति गराउने पुरोहितले नै चोरे १५ लाखका गहना

स्वस्तिशान्ति गराउने पुरोहितले नै चोरे १५ लाखका गहना

एकजना भारतीय पुरोहितले स्वस्तिशान्ति गर्ने नाममा पूजा गर्न लगाउँदै चितवनमा धनमाल चोरी गर्दै आएको खुलेको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं– एकजना भारतीय पुरोहितले स्वस्तिशान्ति गर्ने नाममा पूजा गर्न लगाउँदै चितवनमा धनमाल चोरी गर्दै आएको खुलेको छ।

भारत मोतीहारीका १८ वर्षीय नेहाल तिवारीले चितवनको एक घरबाट करिब १५ लाखबराबरको धनमाल चोरी गरेको भेटिएपछि उनको चोरी गर्ने गज्जबको उपाय खुलेको हो।

प्रहरीका अनुसार तिवारीले भरतपुर महानगरपालिका–२ बेलटाँडीका मञ्जु खाँडको घरबाट करिब १५ लाखको धनमाल चोरी गरेका छन्। प्रहरीले उक्त धनमाल चोरीमा संलग्न तिवारीसहित ५ जना भारतीय र एक नेपालीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार नेहाल तिवारीको बावु पण्डित भएकोले विभिन्न स्थानमा पुरेत्याइँ गर्दै आएका छन्। त्यही क्रममा मञ्जुको चिनजान तिवारीको बावुछोरासँग भएको थियो।

नेहालले आफूले समेत पुरेत्याइँ गर्ने भन्दै मञ्जुलाई विश्वास दिलाएर पूजा लगाई स्वस्तिशान्ति गर्नुपर्छ भन्दै फागुन २० गते घरमा पूजा गर्न लगाएका थिए।

त्यही पूजा लगाउने वहानामा तिवारीले सुनचाँदीका गरगहना रहने स्थानको बारेमा जानकारी लिएका थिए। आफूले मात्र नभएर तिवारीले अन्य साथीहरु समेतको सहयोगमा उक्त घरको निगरानी राखेको खुलेको छ।

फागुन २३ गते बेलुकी घरका सबै खाना खान भान्सा कोठामा गएको मौका छोपी घरभित्र छिरेर नगद तथा धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जनाएको छ।

चोरीमा संलग्न मुख्य व्यक्ति भारतकै २० वर्षीय बिक्की कुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिक्कीले मासिक तलब दिएर चोरी गर्न अन्य मानिसलाई प्रयोग गरिरहेको खुलेको छ। सबैले धनमाल चोरी गरेर बिक्कीलाई नै बुझाउने गरेको बताइएको छ।

चोरीमा संलग्न भन्दै प्रहरीले पक्राउ गरेकाहरुमा भारतकै १९ वर्षीय राजन कुमार उपाध्याय, २० वर्षीय सोनु कुमार पाण्डे, १९ वर्षीय रितिक रोशन र पर्सा वीरगञ्ज महानगरपालिका–१६ घर भई भरतपुर–६ मा सुनचाँदी पसल सञ्चालक २५ वर्षीय राज कुमार गुप्ता छन्। गुप्ताले चोरीको गहना किनेको प्रहरीले जनाएको छ।

उनीहरुले मञ्जुको घरबाट चोरी गरेको सुनको औंठी १ थान, नथिया १ थान, बिन्दिया १ थान, जिउटिया ३ थान, मंगलसुत्र १ थान, सानो नथुनी ८ थान, फुली एउटा गरी २२.४५० ग्राम सुनको गरगहना, ४ सय ८७ ग्रामको चाँदीको पाउजु ४ जोर बरामद गरेको प्रहरीले जनाएको छ।

महिलाले प्रयोग गर्ने धोती, कुर्तासमेत उनीहरुबाट बरामद भएकाले महिलाको भेषमा चोरी गर्ने गरेको प्रहरीले अनुमान गरेको छ।

पक्राउ परेकाहरु सबैलाई डाँका चोरी मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको चितवन प्रहरीले जनाएको छ। उनीहरुले अन्यत्र पनि चोरी गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 11, 2020| 07:37 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।