आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा देव गुरुङ पक्राउ

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा देव गुरुङ पक्राउ

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा प्रहरीले देव गुरुङलाई पक्राउ गरेको छ ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौँ- पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङसँग बयान लिने काम भइरहेको महानरीय प्रहरी परिसर प्रमुख एसपी सविन प्रधानले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको लोकन्थलीमा निर्माणाधीन घरमा बम विस्फोट भएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ।

विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै घटनास्थलमा विप्लव समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।

नेत्रविक्रम चन्द विप्लव समूहमाथि प्रतिवन्ध लगाएको ठ्याक्कै एक वर्षपछि बाँस्कोटाको घरमा उक्त समुहले विस्फोट गराएको हो ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित: Mar 11, 2020| 06:19 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।