बिहीबार, भदौ ४, २०८३

तनहुँमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–५, कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–५, कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

ज्यान गुमाउनेमा ट्याक्टर चालक गोरखा, पालुङटार नगरपालिका–७, च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँ पुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

सडकबाट १५० मिटर तल ट्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 11, 2020| 06:20 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।