शनिबार, साउन २३, २०८३

कर्णालीमा एसइईको तयारी पूरा, ३६ हजारले परीक्षा दिने

आगामी चैत ६ गतदेखि सुरु हुन लागेको एसइई परीक्षाका लागि कर्णालीमा सबै तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय, सुर्खेतले जनाएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

सुर्खेत– आगामी चैत ६ गतदेखि सुरु हुन लागेको एसइई परीक्षाका लागि कर्णालीमा सबै तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय, सुर्खेतले जनाएको छ।

निर्देशनालयका अनुसार यो वर्ष कर्णालीका ३६ हजारभन्दा बढी विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन्।

निर्देशनालयका उपसचिव मोतीप्रसाद शर्माले दिएको जानकारी अनुसार कर्णाली प्रदेशबाट ३६ हजार दुई सय ९९ जनाले परीक्षा दिने भएका हुन्, जसमध्ये सुर्खेतमा सबैभन्दा बढी अर्थात् आठ हजार सात सय ११ र डोल्पाबाट सबैभन्दा कम अर्थात् सात सय २० जना परीक्षार्थी सहभागी हुने छन्।

दैलेखमा पाँच हजार पाँच सय ७४, सल्यानमा पाँच हजार एक सय ७८, जाजरकोटमा चार हजार दुई सय ११ र कालिकोटमा तीन हजार नौं सय ४० जना परीक्षार्थी सहभागी हुनेछन् । त्यस्तै, रुकुम पश्चिममा तीन हजार नौं सय १४, जुम्लामा दुई हजार पाँच सय ७३, मुगुमा एक हजार चार सय ४३ र हुम्लामा एक हजार ३७ जना विद्यार्थीले एसइई परीक्षा दिने छन्।

कर्णाली प्रदेशभर एक सय ७६ वटा परीक्षा केन्द्र रहनेछन्। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन पाँच हजार बढी कर्मचारी खटिने निर्देशनालयले जनाएको छ।

प्रकाशित: Mar 11, 2020| 05:39 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्