बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी गस्ती नभएको मौका छोपेर बाँस्कोटाको घरमा विस्फोट

प्रहरी गस्ती नभएको मौका छोपेर बाँस्कोटाको घरमा विस्फोट

बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो।

बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिए ।

पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट प्रेसर कुकरको सिट्ठी र ५० मिटर पर रिमोट फेला पारेको जनाएको छ । विस्फोटको जिम्मेवारी कसैले नलिए पनि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’को समूहको संलग्नता भएको आशंका गरेको छ ।

बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको थियोे। आज बिहान भने प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट भएको स्थानीयले बताएका छन्। बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु. ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए। पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन्।

रासस

प्रकाशित: Mar 11, 2020| 05:42 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।