आइतबार, चैत १, २०८२

वुहानका १५ वटै अस्थायी अस्पताल बन्द

चीनको वुहानमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि बनाइएका १५ वटै अस्थायी अस्पताल बन्द भएका छन्।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– चीनको वुहानमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि बनाइएका १५ वटै अस्थायी अस्पताल बन्द भएका छन्।

National life

कोरोना नियन्त्रण उन्मुख भएपछि रातारात बनाइएका अस्थायी अस्पताल बन्द गरिएको चिनियाँ पत्रिका चाइना डेलीले जनाएको छ।

आज मंगलबार चीनको समयानुसार ३ः३० बजे ४९ जना व्यक्ति घर फर्किएपछि १५औं अस्पताल वुसाङ अस्पताल पनि बन्द गरिएको हो। जुन कोरोना संक्रमितका लागि खोलिएको पहिलो अस्थायी अस्पताल हो।

सोमबार चीनमा कोरोनाका नयाँ संक्रमित अहिलेसम्मकै सबैभनदा थोरैै १९ जना मात्रै फेला परेका छन् । त्यसमध्ये १७ वटा वुहानकै हुन् भने २ जना बाहिरबाट आएका। चीनमा वुहान बाहिर नयाँ संक्रमित नभेटिएको यो लगातार तेस्रो दिन हो।

चीनमा कुल ८० हजार ७५४ संक्रमितमध्ये ६० हजार बढी उपचारपछि घर फर्किसकेका छन्। तीनहजार २०० को मृत्यु भएको छ भने बाँकी उपचारको क्रममा छन्।

Laxmi sunrise bank
kumari

चाइनिज एकेडेमी अफ मेडिकल साइन्सका उपाध्यक्ष वाङ छिन्ले सानो स्रोत साधनले थुप्रै बिरामीको उपचार गर्ने उद्देश्यले खोलिएका अस्पतालले आफ्नो उद्देश्य पुरा गरेको प्रतिक्रिया दिएका छन्।

जियाङ्सिया अस्प्तालका सबै विरामी निको भएर फर्किएपछि खुसियाली मनाउँदै स्वास्थ्यकर्मी ।

वुसाङ अस्थायी अस्पतालले ३५ दिनमा १२ हजार बढी कोरोना संक्रमितको सफल उपचार गरेको थियो।

७८४ वटा बेड सहितको वुसाङ अस्थायी अस्पतालको नेतृत्व ‘पिपल्स हस्पिटल्स अफ वुहान यूनिभर्सिटी’का प्रमुखवाङ जुनले गरेका थिए। त्यहाँ १४ टोलीका ८६८ जना स्वास्थ्यकर्मी खटिएका थिए।

चाइना डेलीका अनुसार ५ फेब्रुअरीमा ३५ दिनसम्म कुनै बिरामीले ज्यान गुमाउनु परेन भने, कुनै स्वास्थ्यकर्मी पनि संक्रमित भएनन्।

अस्पतालमा सुविधा सम्पन्न ल्याब, फाइभजी रिमोट उपचार प्रविधि, मेडिकल रोबर्ट लगायतको पनि व्यवस्था थियो। यी अत्याधुनिक प्रविधिको सहायताले छिटो उपचार सम्भव भएको वाङको भनाइ छ।

आजमात्रै कोरोनाभाइरसको उद्गमथलो वुहानमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पुगेका छन्। कोरोना फैलिएपछि पहिलोपटक पुगेका सीले स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रमुख र बिरामीसँग भेटघाट गरेका थिए ।

 

प्रकाशित: Mar 10, 2020| 11:40 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।