बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाद्यान्न र औषधि पर्याप्त छ, आत्तिनु पर्दैनः अर्थमन्त्री

खाद्यान्न र औषधि पर्याप्त छ, आत्तिनु पर्दैनः अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले औषधि,  खाद्यन्न र ग्यास जस्ता वस्तु पर्याप्त रहेकोले नआत्तिन अनुरोध गरेका छन् ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले औषधि,  खाद्यन्न र ग्यास जस्ता वस्तु पर्याप्त रहेकोले नआत्तिन अनुरोध गरेका छन् ।

मंगलबार सरकारद्वारा गठित कोरोना भाइरस रोकथाम नियन्त्रण समन्वय समिति र नीजी क्षेत्रको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले देशमा खाद्यान्न, औषधी र पेट्रोलियम पदार्थ पर्याप्त रहेको जानकारी दिएका हुन्।

उनले भने,  ‘हामीसँग ६ महिनाको लागि पुग्ने खाद्यन्न छ,  तीन महिनका लागि पुग्ने पेट्रोलियम पदार्थ छ भने औषधि उत्पादक संघका अनुसार करिव पाँच महिनालाई धान्ने औषधि छ । आत्तिएर भन्डारण  गर्नेतर्फ नलागौं ।’

उनले बैठकमा भारतले केही औषधिहरुको निकासीमा प्रतिवन्ध लगाएपनि त्यस्ता औषधि नरोक्न कुटनीतिक पहल गरिने, चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले विस्तारै उत्तरी नाकाहरु पनि खोल्ने जानकारी दिए।

अहिलेसम्म दक्षिणी नाकाहरु खुल्लै रहेकोले सामाग्रीको आयातमा समस्या नभएको पनि बताए । उनले सञ्चारमाध्यमहरुलाई सर्वसाधरण भयभित पार्ने गरी सूचना संप्रेषण नगर्न पनि आग्रह गरे।

“सूचना संप्रेषण गर्दा सर्वसाधरण भयभित हुनेगरी नगरौं। स्वास्थ मन्त्रालयले जारी गरेको सूचनामात्र प्रसारण गरौं। सबै जान्ने र डाक्टर नहोऔं," उनले भने ।

 ‘अब कोरोनाको संक्रमणबारे सबै राजनीति दलसँग छलफल गरी उच्च सतर्कता अपनाउन आग्रह गर्दछौ ।’

डा. खतिवडाले विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाललाई आत्मनिर्भर हुने अवसर समेत आएको दाबी गरे।

औषधी उत्पादक संघले ८० प्रतिशत औषधी नेपालमा नै उत्पादन गर्न सकिने बताएको र सरकारले उनीहरुलाई सहयोग गर्ने उनको भनाई थियो।

उनले नेपालमा नै मास्क उत्पादन सुरु भइसकेको पनि जानकारी दिएका थिए।

उनले सरकार अब बजार अनुगमनका लागि सक्रिय हुने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिएका थिए।

प्रकाशित: Mar 10, 2020| 11:06 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।