बिहीबार, भदौ ४, २०८३

सुतिरहेका श्रीमानमाथि काठमाडौंमा एसिड प्रहार

एक महिलाले सुतिरहेका श्रीमानमाथि एसिड प्रहार गरि घाइते बनाएकी छिन्। काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीमा २४ वर्षीय रामराजा थापाका श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं - एक महिलाले सुतिरहेका श्रीमानमाथि एसिड प्रहार गरि घाइते बनाएकी छिन्। काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीमा २४ वर्षीय रामराजा थापाकी श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ।

श्रीमान-श्रीमतीबीच घरायसी विवाद हुँदा एसिड प्रहार भएको हुनसक्ने प्रहरी अनुमान छ। सोमबार राति घरमा सुतिरहेका बेला प्रतिमाले श्रीमानमाथि एसिड प्रहार गरेकी वृत्तका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए। घाइते थापाले पनि श्रीमतीले नै आफूमाथि एसिड आक्रमण गरेको वयान दिएका छन्। उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रतिमालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित: Mar 10, 2020| 10:07 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।