शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शपथ ग्रहणमै बित्यो दुई वर्ष : पार्टी मिल्यो, भावना मिलेन

शपथ ग्रहणमै बित्यो दुई वर्ष : पार्टी मिल्यो, भावना मिलेन

‘जेट विमानमा दुईजना पाइलट हुन्छन्, दुईजना अध्यक्ष भएको हाम्रो पार्टी पनि जेट विमानकै गतिमा अघि बढ्छ,’ तत्कालिन नेकपा (एमाले) र माओवादी (केन्द्र) को एकतापछि सुरुसुरुमा नेकपाका कार्यकर्ताहरुले यस्तै भन्थे ।
 |  मंगलबार, फागुन २७, २०७६
nespernesper

देव राना

देव राना

मंगलबार, फागुन २७, २०७६

सुर्खेत । ‘जेट विमानमा दुईजना पाइलट हुन्छन्, दुईजना अध्यक्ष भएको हाम्रो पार्टी पनि जेट विमानकै गतिमा अघि बढ्छ,’ तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) को एकतापछि  नेकपाका नेता-कार्यकर्ता यस्तै भन्थे ।

triton college

झण्डै एक वर्ष त जिल्लासम्म एउटै पार्टीका दुईजना अध्यक्ष थिए। ठूलो रक्साकस्सीपछि जिल्लामा एउटै अध्यक्ष तर केन्द्रमा दुई अध्यक्षले पार्टी चलाइरहेका छन्। तर, जिल्लादेखि वडा तहसम्मको पार्टी एकता प्रक्रियालाई हेर्दा नेकपा जेट विमानको गतिमा होइन, कछुवाको गतिमा चलिरहेको छ ।

दुई वर्षमा केन्द्रदेखि जिल्लासम्म भागवण्डाको आधारमा एकता टुंगो लागेको छ। तर, कर्णाली प्रदेशमा भने एकता प्रक्रिया तल्लो तहमा टुङ्गिन सकेको छैन। अधिकांश स्थानीय तह र वडा तहमा एकता हुन बाँकी नै छ । वडा तहका पदाधिकारी पनि शपथ ग्रहणमै व्यस्त छन् ।

नेेता र कार्यकर्तामा समेत पूर्वएमाले र पूर्वमाओवादीको धङधङी कायमै रहँदा तल्लो तहमा एकता प्रक्रिया टुंगो लाग्न सकेको छैन, न त भावनात्मक एकता नै देखिन्छ। कार्यकर्ताकै विमतिका कारण कर्णाली प्रदेशमा पूर्णरुपमा पार्टी एकता टुंगो लाग्न नसकेको हो । त्यसको उदाहरण सुर्खेत, सल्यान र दैलेखमा देख्न सकिन्छ ।

दुई वर्षदेखि कामविहिन जस्तै भएका कार्यकर्तालाई सुर्खेतमा ठूलो असहमतिका बीच जिम्मेवारी बाँडफाँड गर्दै शपथ खुवाउन थालेको छ। फागुन २५ गते वीरेन्द्रनगरको १० नम्बरका वडा कमिटीले शपथ लिएको छ। सुर्खेतकै पञ्चपुरी बराहताल र चौकुने गाउँपालिकामा वडा कमिटीले शपथ ग्रहण र जिम्मेवारी दिने अभियान चलिरहेकै छ ।

Metro Mart
vianet

यस्तै सल्यानमा पनि कार्यकर्ताहरुमा भावनात्मक एकता हुन नसक्दा कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर र शारदा नगरपालिकामा वडा तहसम्म पार्टी एकता टुङ्गिएको छैन।

दैलेखमा पनि पार्टी एकता न्यायोचित नभएको भन्दै जिल्लादेखि स्थानीय तहसम्म समानान्तर कमिटी गठन भएका छन्। केन्द्रमा देखिएको गुटगत अभ्यास जिल्लामा हावी हुँदा तल्ला तहमा पनि समानान्तर कमिटी गठनको प्रक्रियामा पुगेको नेकपाका कार्यकर्ताहरु बताउँछन्।

भावनात्मक एकता नहुँदा सरकारबाट पाउने लाभ र पार्टीमा समेत भागवण्डा हुँदै आएको नेकपाका केन्द्रीय सदस्य सौमती रावल (ऐडी) बताउँछन् ।

‘मन्त्रालयबाट पाउने अनुदानमा पूर्वएमाले र माओवादी हेरेर अनुदान दिइन्छ,’ उनी भन्छन्, ‘चुनावको बेला हुम्लामा भएको विद्रोह हराउन सकेको छैन, बाध्यताबस भएको पार्टी एकता  भावनात्मक रुपमा एक भएको छैन।’ हुम्लामा मन्त्री र सांसदहरुले नै पूर्वएमाले र माओवादी हेरेर बजेट र विकास निर्माण गर्दै आएको उनको भनाइ छ ।

सल्यान निवासी राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य खड्क आचार्य पार्टी एकताको भावनाविपरीत सांसद र मन्त्रीहरु भूगोल केन्द्रित भएको आरोप लगाउँछन् ।

‘पूर्व माओवादीको प्रभावित क्षेत्रमा प्रदेशका मन्त्री र सांसदले विकासे आयोजनाहरु पारेका छैनन्,’ उनी भन्छन्, ‘मन्त्री र सांसदहरु भूगोल केन्द्रित भएर बजेट र विकास आयोजना छनौट गर्नुले नेताहरुमै भावनात्मक एकता नभएको पुष्टि हुन्छ ।’ नेतृत्वले नै पूर्वएमाले र माओवादी हेरेर संगठन निर्माण, संघ र प्रदेश सरकारबाट विकास आयोजना बाँड्ने गरेको उनको भनाइ छ ।

कालिकोटबाट नेकपाको प्रदेश कमिटी सदस्य रहेकी विजया विष्टले जिल्लामा एमाले र माओवादीबीचको मतभेद हट्न नसकेको बताइन् । जिल्लामा पार्टी नेतृत्व र सक्रिय कार्यकर्तामा भावनात्मक एकता नहुँदा वडा तहसम्म पार्टी एकता टुङ्गिन नसकेको उनको भनाइ छ ।

दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेकपा प्रदेश कमिटी सदस्य पार्वतीकुमारी विशुङ्केले पार्टी एकता प्रक्रियामा नेताकै विमतिका कारण समानान्तर कमिटी गठन भएको भएको बताइन् ।

त्यस्तै जाजरकोटका नेकपा जिल्ला कमिटी सदस्य नबेन्द्र नेपालीले भावनात्मक रुपले कार्यकर्ताहरु एक हुन अझै वर्ष दिन लाग्ने बताए । पार्टीभित्रको गुटगत राजनीतिका कारण पार्टी एकता प्रक्रियामा असर परेको नेकपाका कार्यकर्ताहरु बताउँछन् । पार्टी एकतापछि केन्द्रदेखि जिल्लासम्मका नेताहरु कसरी आफ्नो गुट बलियो बनाउने भन्ने प्रतिष्प्रर्धाले एकता प्रक्रियामा असर परेको छ ।

प्रकाशित: Mar 10, 2020| 09:10 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।